सत्ता खेलबाट ओलीले हात झिके, प्रचण्डलाई हाईसन्चो(भिडियोसहित)

विनोदबिक्रम भण्डारी

 ग्लोबल टिभि      शुक्रबार, असार २९, २०८०      0

विनोद/गणेश– संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सत्ता राजनीतिमा कमब्याक गर्ने रणनीतिबाट पछि हटेको छ । पुस १० मा सत्ता राजनीतिमा केन्द्रदेखि प्रदेशसम्म सरकारको नेतृत्वमा गरिरहेको एमाले अहिले सबैतिर प्रतिपक्षमा पुगेको छ । एमालेको सरकार ढलाउने रणनीति असफल हुने देखिएपछि अहिले भने सत्ता राजनीतिबाट तत्कालका लागि पछि हटेको देखिएको हो ।

सत्ता राजनीतिमा संघदेखि प्रदेशसम्म प्रमुख प्रतिपक्षमा पुगेको नेकपा एमालेसत्ताको खेलबाट पर बस्ने निर्णयमा पुगेको छ । पुस १० को बालकोट भेलाको गठबन्धन २ महिना नपुग्दै भंग भएपछि कांग्रेसको हातमा सत्ताको चावी पुगेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको भन्दै चिढिएको एमाले प्रचण्ड सरकार ढाल्न कम्मर कसेर लागेको थियो । तर प्रचण्ड नेतृत्वको सरकार ढाल्ने एमालेको प्रयास तत्कालका लागि असफल भएसंगै यतिबेला सत्ता खेलबाट हात झिकेको हो । यसवीचमा एमालेले सत्तामा कमब्याक गर्न पटकपटक संसद अबरोधको प्रयास गर्याे । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ढाल्न तिन पटक संसद अवरोधको बाटो रोजेको थियो । त्यस वीचमा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा समेत माग गर्याे भने आगामी आर्थिक बर्षको बजेट पारित हुन नदिने र प्रचण्ड सरकार ढाल्ने रणनीतिमा एमाले लागिपरेको थियो । त्यसका अलवा एमालले प्रचण्ड सरकार अल्पमत पार्न कांग्रेसलाई सत्ताको कार्ड समेत फालेको थियो । अनेक प्रयास गर्दा समेत प्रचण्ड सरकार ढाल्न नसकेपछि एमाले यतिबेला सत्ता राजनीतिबाट हात झिक्न बाध्य भएको हो ।

सत्ता राजनीतिमा कमब्याक गर्ने अनेक रणनीति असफल भएपछि यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी सुद्धिकरणमा लागेका छन् । एमाले अध्यक्ष ओलीले पछिल्लो समय पार्टी नेताहरुसंग धनीभुत छलफल गरिरहेका छन् । अध्यक्ष ओलीले पार्टीका उपाध्यक्ष तथा अन्य नेतृत्वलाई पार्टी मुख्यालय च्यासलमा बोलाएर मिसन ०८४ अभियानबारे तयारी गरिररहेका छन् ।

त्यसका अलवा एमाले अध्यक्ष ओलीको निर्देशनमा सुरु भएको मिसन ग्रासरुट अभियातलाई थप प्रभावकारी बनाउन एमाले नेताहरु लागि परेका छन् । एमाले नेताहरु समेत पार्टी मिसन ०८४ मा केन्द्रित भएको बताउँदै आएका छन् । जसका लागि मिसन ग्रासरुट अभियताका साथै ०८४ को चुनावमा कहुमत ल्याउन कार्यकर्ता रिझाउन लागि परेको एमाले नेताहरु दावीगरिरहेका छन् ।

यतिबेला प्रचण्ड नेतृत्वको सरकार ढाल्ने ओलीको रणनीति असफल भएपछि कार्यकर्ताको घरमा जाने निर्णयमा एमाले पुगेको हो । तथापी परिस्थिति अनुसार सरकारको नेतृत्व लिुनपर्ने भए पछि नहट्ने एमालेको दावी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *