कोशी सरकारविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय माथेमा र प्रधानको इजलासमा

 ग्लोबल टिभि      आइतवार, भदौ १७, २०८०      0

भदौ १७ –   कोशी सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो।  त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो। आजको सुुनुवाइ न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुष्मलता माथेमाको इजलासको पहिलो नम्बरमा तोकिएको छ।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै  एमाले कोश प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो। मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो।

सभाको अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरी विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको भन्दै एमालेले रिट दायर गरेको हो।  भदौ ४ मा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *