जनकपुरधाममा एक युवकको शव फेला

 ग्लोबल टिभि      बिहिबार, कार्तिक ९, २०८०      0

कार्तिक ९ –  जनकपुरधाममा एक युवकको शव फेला परेको छ। बिहिबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ विसपिट्टीदेखि विन्ही जाने बाटोको तल धानबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक निरन्जन आवाले जानकारी दिए।

उनका अनुसार बाटोमा केही रगत देखिएको तथा शवमा समेत रगतजस्तो पदार्थ देखिएको भन्दै अनुसन्धान पश्चात थप कुरा भन्न सकिने बताए। शवको सनाखत हुन नसकेको भन्दै उनले घटना स्थलमा तालिम प्राप्त कुकुरहरुलाई समेत बोलाइएको बताए। प्रारम्भिक चरणमा उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *