चीनद्वारा नयाँ संसद भवन जिम्बाबेलाई हस्तान्तरण

 ग्लोबल टिभि      आइतवार, कार्तिक १२, २०८०      0

कार्तिक १२ –  चीनले अनुदानमा निर्माण गरेको जिम्बाबेको नयाँ संसद भवन जिम्बाबेलाई हस्तान्तरण गरेको छ।

यो संसद भवन चीनले अनुदानस्वरुप जिम्बाबेका लागि बनाइदिएको हो। ३३ सय वर्ग मिटरको संयुक्त फ्लोर स्पेसको यो भव्य संरचना हस्तान्तरण गरेको हो। अत्याधुनिक संरचना ग्रेट जिम्बाबेबाट प्रेरित यो संरचना मध्ययुगिन शहरलाई मध्यनजर गर्दै निर्माण गरिएको हो।

भवन हस्तान्तरण समारोहमा बोल्दै जिम्बाबेका राष्ट्रपति इमर्सन मनांगाग्वाले नयाँ संसद भवन देशको सबैभन्दा भव्य र आधुनिक भवनमध्येको एक भएको बताए।

दुवै पक्षले पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र अन्य क्षेत्रमा व्यवहारिक सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *