आईसीसी विश्वकप क्रिकेटः इङ्ल्यान्ड र भारतबिच खेलजारी

 ग्लोबल टिभि      आइतवार, कार्तिक १२, २०८०      0

कार्तिक १२ –  विश्वकप क्रिकेटमा अहिले  साविक विजेता इङ्ल्यान्ड र आयोजक भारतबिच खेल भइरहेको छ । भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमा भइरहेको  खेल दिउँसो २ः १५ बजे सुरु भएको हो । इङ्ल्यान्डले टस जितेर भारतलाई पहिला व्याटिङ गर्न लगाएको छ । भारतले चौथौ ओभरमै शुभमन गिललाई ९ रनमा गुमाउन पुगेको छ। शुभमन गिल आउट हुँदा भारतले २६ रन बनाएको थियो । अहिले कप्तान रोहित शर्मा र विराट कोहली क्रिजमा छन।ताजास्थीतीमा भारतले ६ ओभरमा १ विकेट गुमाएर  २७ रन बनाएको छ।

रोहित शर्माको कप्तानीमा रहेको भारतले जारी प्रतियोगितामा शानदार प्रदर्शन गर्दै आएको छ। हालसम्म ५ खेल खेलेको भारतले ५ वटैमा जित पारेको छ अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ। तर, जोश बटलरको कप्तानीमा रहेको साविक विजेता इङ्ल्यान्डले खासै राम्रो प्रदर्शन गरेको छैन। समान ५ खेलेको इङ्ल्यान्ड १ खेलमा मात्रै जित पारेर अङ्क तालिकाको पुछारमा रहेको छ।

विश्वकपको इतिहासमा भारत र इङ्ल्यान्डबीच ८ वटा म्याच भएको छ। जसमा भारतले मात्रै ३ खेलमा जित हात पारेको छ भने इङ्ल्यान्डले ४ खेल जितेको छ। विश्वकपमा भारतले पछिल्लो समय २००३ मा इङ्ल्यान्डलाई पराजित गरेको थियो। २०११ को विश्वकप क्रिकेटमा दुबै टिमबीचको म्याच टाइ भएको थियो। जबकि २०१९ मा भारत इङ्ल्यान्डसँग ३१ रनले पराजित भएको थियो ।

आजको खेलमा भारत आफ्नो अपराजित यात्रालाई कायम राख्दै विश्वकपमा इङ्ल्यान्डसँगको जितलाई बराबरीमा ल्याउन चाहन्छ। यस्तै आजको खेलमा भारतले आफ्नो प्लेइङ्ग ११ मा आर अश्विनलाई समावेश गर्ने तयारी गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *