पाकिस्तानमा सडक दुर्घटनामा ७ जनाको मृत्यु, १८ घाइते

 ग्लोबल टिभि      बुधबार, मंसिर २०, २०८०      0

मंसिर २० – दक्षिण पाकिस्तानमा भएको सडक दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको सडक दुर्घटनामा सात जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएको उद्धार टोलीले जनाएको छ । दुर्घटना प्रान्तको कश्मोर जिल्लामा भएको थियो ।

एक यात्रु भ्यान मुख्य राजमार्गमा ट्रकसँग ठोक्किएको थियो । कुहिरोका कारण भिजिबिलिटी कम भएकाले भ्यानका चालकले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई नदेखेर ठोक्किएको बताइएको छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचार गरिएको छ तर पाँच जनाको अवस्था गम्भीर छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *