२ सय ७४ जनामा कोरोना सङ्क्रमण,२ सय ७० निको

 ग्लोबल टिभि      शुक्रबार, पुस २, २०७८      0

पछिल्लो २४ घण्टामा देशभर २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९ हजार १६ जनाको नमुना परीक्षण गर्दा २ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ७० जना निको भएका छन् । यही अवधिमा थप ३ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । नेपालमा अहिले ५ हजार पाँच सय २२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ५ सय २२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा अहिलेसम्म २ करोड १४ लाख ४५ हजार एक सय ४५ डोज खोप प्रयोग भएकोमा ९५ लाख ३१ हजार २ सय ५९ जनाले पूर्ण मात्रा र एक करोड १९ लाख १३ हजार ८ सय ८६ जनाले कम्तीमा एक मात्रा खोप पाएका छन् ।

नेपालमा अहिलेसम्म ३ करोड ५४ लाख ६६ हजार ९ सय ८० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *