प्रधानमन्त्री देउवा बिमस्टेक सम्मेलनमा नजाने

 ग्लोबल टिभि      सोमवार, चैत्र ७, २०७८      0

चैत ७
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् । मन्त्रिपरिषद् बैठकले बिमस्टेकमा प्रधानमन्त्री देउवा भर्चुअलमै सहभागी हुने निर्णय गरेको हो ।

श्रीलंकाको कोलोम्बोमा चैत १६ मा आयोजना हुने बिमस्टेक सदस्य राष्ट्रहरुको पाँचौ शिखर सम्मेलनमा भाग लिन परराष्ट्र मन्त्री खड्का श्रीलंका जाने भएका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका जाने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दीए ।

यसअघि सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी हुने जनाइएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *