विवाह गर्छु भन्दै जबरजस्ती करणी गरे : पल शाहबाट पीडित बालिकाको बयान

 ग्लोबल टिभि      मङ्लबार, चैत्र ८, २०७८      0

चैत ८- नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह) विरुद्ध मंगलबार जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ ।

१६ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षसम्म कैद सजायको मागदाबी गर्दै उनीविरुद्ध मुद्दा दायर भएको हो ।

तनहुँ प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा अभियुक्त शाहसँगै पीडित पक्षको पनि बयान पेस गरिएको छ ।

बयानमा पीडित बालिका (नाम परिर्वतन ब्यास १२)ले आफूसँग विवाह गर्छु भन्दै शाहले पटक पटक जबरजस्ती करणी गरेको बताएकी छन् ।

बयानका क्रममा पीडित बालिकाले शाहका म्यानेजर कृष्ण जोशीले आफूलाई शाहसँग घुम्न जान बाध्य बनाउने गरेको र सुटिङका क्रममा कतै बास बस्दा शाहसँगै एउटै खोटामा बस्न बाध्य बनाउने गरेको उल्लेख गरेकी छन् ।

‘मेरो सानैदेखि सांगीतिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसँग चिनजान भइ सँगै कार्यक्रममा जाँदा, भिडियो सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेँ,’ पीडितले प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘हामीबीच मायारप्रेम रही आएको अवस्थामा मिति २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा, २०७७ चैत ७ गते गैँडाकोटस्थित रिसोर्टमा करणी गरेका हुन्।’

त्यस्तै, २०७८ वैशाख ४ गते तनहुँको दुलेगौँडास्थित प्रदीप थापाको घर कोठामा छुट्टा–छुट्टै कोठामा सुतेको अवस्थामा राति १२ बजे आफ्नो कोठामा आएर जबरजस्ती आफ्नो कपडा खोलेर शारीरीक सम्बन्ध राखेको पनि पीडितले बयानमा भनेकी छन्।

‘प्रतिवादी कृष्ण जोशी भन्ने कृष्ण प्रसाद जोशीले मलाई प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसँग घुम्न जाउ, निजले भनेको मान भनि फकाउने र भिडियो सुटिङको क्रममा विभिन्न स्थानमा रहँदा एउटै कोठामा बस्न बाध्य पारी जवर्जस्ती करणी गर्ने कार्यमा सहयोग पुर्‍याइ मतियारको रुपमा काम गरेका हुन्,’ पीडितले बयानमा भनेकी छन्।

प्रहरीले जाहेरवालाको बयानपछि घटनास्थलको मुचुल्का पनि तयार गरेको छ। अभियोग पत्रसँगै प्रहरीले तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा शुक्लाटोलस्थित प्रदीप थापाको दुईतले पक्की घरको दोस्रो तलाको १ नम्बर कोठाभित्रको वस्तुस्थितिुको विवरण समेत अभियोग पत्रसँगै उल्लेख गरेको छ।

त्यस्तै, पीडितका तर्फका व्यक्तिको समेत बयान लिएर अभियोग पत्रसँगै पेस गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *