प्रेमराजा महतले ल्याए नयाँ गीत ‘पीपल डाँडे साइँली’

 ग्लोबल टिभि      बुधबार, साउन ४, २०७९      0

साउन ४– लोक गायक प्रेमराजा महतको नयाँ गीत ‘पीपल डाँडे साइँली’ सार्वजनिक गरिएको छ । गीत गायनमा महतलाई गायिका अस्मिता परियारले साथ दिएकी छन् ।

ट्रि इन्टरटेनमेन्टको प्रस्तुतिमा लोक शैलीमा तयार गीतमा शब्द तथा संगीत प्रेमराजा महतले नै तयार पारेका हुन् । ‘बाँझो खेतमा, हिउँचुलीमा हिउँ, बिदेशीको हरियो डलर’ जस्ता चर्चित गीतका गायक महतले यो गीत आफूले ४ दशक अगाडि नै कल्पना गरेको बताए ।

गीतको भिडियो दीपक नेपालीले निर्देशन गरेका छन् । महतसहित दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको अभिनय भिडियोमा देख्न सकिन्छ ।

दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानी रहेको भिडियो नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन रहेको छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।

महतले यो गीत कोर्दा एक मोहरमा २ दाना अम्बा पाइने गरेको भन्दै अहिले समय फेरिएको बताए । गीतले ४ दशक अगाडिको जनजीवनलाई चित्रित गरेको उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *