एआईजी पोखरेल आजदेखि अवकाशमा

राजीनामा स्वीकृत भएन

 ग्लोबल टिभि      शुक्रबार, साउन २०, २०७९      0

साउन २०– नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण शुक्रबारदेखि उनले अनिवार्य अवकाश पाएका हुन् । आईजीपी नियुक्ती बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका पोखरेल वैशाख १९ बाट प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छैनन् । उनले दायर गरेको रिट सर्वोच्च अदाललते असार ३१ मा खारेज गरेको थियो ।

पोखरेलले साउन २ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । तर, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राजीनामा अघि बढाएनन् । एआईजीको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ । मन्त्रिपरिषद्मा गृह मन्त्रालयले प्रस्ताव लैजानुपर्छ । तर, आईजीपी सिंहले राजीनामा पत्र गृह मन्त्रालयमा पठाएनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *