थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि

२ जनाको मृत्यु

 ग्लोबल टिभि      शुक्रबार, साउन २७, २०७९      0

साउन २७-पछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनामा गरिएको नमुना परीक्षणमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोनाबाट मुक्त भएका छन् भने नेपालमा हाल ५ हजार ७७५ जना सक्रिय संक्रमित रहेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *