मदन भण्डारीदेखि गणेशमान सिंह भिडेको काठमाडौं–१ सधै चर्चामा

 ग्लोबल टिभि      बुधबार, कार्तिक २, २०७९      0

कैलाश–चर्चित र हेभिवेट उम्मेदवारका कारण काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १ यस पटकको चुनावमा पनि चर्चामा छ । विक्रम सम्बत् २०१५ सालको पहिलो निर्वाचन देखी नै चर्चामा रहदै आएको काठमाडौं क्षेत्र नम्बर एक यसै चर्चामा आएको भने होइन । गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी र मनमोहन अधिकारीले चुनाव लडेको यो निर्वाचन क्षेत्रमा यस पटक पनी हेभिवेट प्रतिस्पर्धा हुदैछ ।

नेपालको चुनावी इतिहासमा काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १ हरेक चुनावमा चर्चामा रहदै आएको छ । २०१५ सालमा देशमै पहिलो निर्वाचन हुँदा यो क्षेत्रमा हेभिवेट प्रतिस्पर्धा भयो । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ बिच भएको चुनावी प्रतिस्पर्धामा सिंहले श्रेष्ठलाई पराजित गरेका थिए । नेपाली राजनीतिको केन्द्रमा रहेका दुई ठुला नेताहरु बिचको चुनावी प्रतिस्पर्धालाई अहिले सम्मकै हेभिवेट प्रतिस्पर्धाका रुपमा लिईन्छ । २०४८ सालको आम निर्वाचनमा पनी यो क्षेत्रमा हेभिवेट प्रतिस्पर्धा भयो । नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराई र नेकपा एमालेका नेता मदन भण्डारी चुनावी मैदानमा थिए । भट्टराई बहालवाला प्रधानमन्त्री थिए, भने भण्डारी एमालेका महासचिब थिए । त्यो चुनावमा भण्डारीले भट्टराईलाई ७ सय ५५ मतको अन्तरले पराजित गरेका थिए । २०५१ सालमा यही क्षेत्रमा भएको उपनिर्वाचनमा विद्यादेवी भण्डारीले कृष्ण प्रसाद भट्टराईलाई पराजीत गरेकी थिईन । २०५१ सालमा भएको अर्को निर्वाचनमा एमाले नेता मनमोहन अधिकारीले कांग्रेसका हरीबोल भट्टराईलाई पराजित गरेका थिए । २०६४ सालको उपनिर्वाचनमा एमालेका नारायण प्रसाद ढकाल विजयी भएका थिए ।

२०५६ सालको आम चुनावमा एमालेका प्रदिप नेपालले स्वतन्त्र उम्मेदवार लोकेस ढकाललाई पराजित गरेका थिए । २०१५ सालमा कांग्रेसले जित हात पारेपनी त्यसपछीका निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले हाबी रह्यो । तर २०६४ सालमा भएको पहिलो निर्वाचनपछी भने यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जित्दै आएका छन । २०६४ मा सिंहले एमालेका प्रदिप नेपाललाई पराजित गरेका थिए । २०७० सालमा भएको संबिधानसभाको दोश्रो निर्वाचनमा सिंहले माओवादीकी रेणु दाहाललाई पराजित गरेका थिए । २०७४ सालको आम चुनावमा भने सिंहले रबिन्द्र मिश्रलाई पराजित गरेका थिए । मंसिर ४ गते हुने आम चुनाबमा पनी मीश्र र सिंह उम्मेदवार छन । एमालेका किरण पोडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र नेपाल सुसान पार्टीका रमेस खरेल पनी प्रतिस्पर्धा गर्दैछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *