राप्रपाको दोहोरो चरित्र, राजा की राष्ट्रपति ? मुख्यमन्त्रीको बार्गेनिङ

 ग्लोबल टिभि      आइतवार, पुस १७, २०७९      0

विनोद/नरेश– राष्ट्रिय प्रजातन्त्र पार्टीको दोहोरो चरित्र देखिएको छ । विचार र सिद्धान्त विपरित प्रचण्ड नेतृत्वकोे सरकारलाई समर्थन गरेपछि राप्रपाको दोहोरो चरित्रका बारेमा चर्चा शुरु भएको हो । राजसंस्था र हिन्दुराष्ट्रको वकालत गरिरहेको राप्रपा सरकारमा सहभागि हुने निर्णय गरेपछि आलोचना समेत भइरहेको छ । सरकारलाई समर्थन गरेर सरकारमै जाने निर्णय गरेको राप्रपाले मन्त्री पठाउन भने सकेको छैन । उसले केही एजेण्डामा रहेर अहिलेको गठबन्धनसँग बार्गेनिङ गरिरहेको छ ।

राजेन्द्र लिंङ्देन नेतृत्वको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई सर्मथन गरेपछि त्यसको यतिबेला चौतर्फी आलोचना भइरहेको छ । राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्दे चुनाव अघि जनतासंग भोट मागेको राप्रपाले विचार र सिद्धान्त विपरितको दलसँग सहकार्य गरेको हो । संघीयता खारेजीको मुख्य एजेण्डा बनाएको राप्रपाले अन्ततः संघीयतामै रहेर सरकारमा सहभागिताको लागि बार्गेनिङ शुरु गरेको छ । राप्रपाको यो निर्णयले राजवादीहरु दुखित बनेका छन् । एमाले सहित सात दलीय गठबन्धनमा रहेको राप्रपाले सरकारमा मन्त्री पठाउन भनेसकेको छैन् । जसको कारण हो, पार्टी भित्र सरकारमा जाने विषयमा देखिएको कलह । एकाएक अध्यक्ष राजेन्द्र लिंङ्देनले बालकोट पुगेर प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णयले पार्टी भित्र दुई मत देखिएको छ । जसले सरकारमा मन्त्री पठाउन पनि ढिलाई भइरहेको छ । त्यो संगै महत्वपूर्ण मन्त्रालय आफ्नो भागमा नपर्ने भएपछि सरकारलाई दिएको समर्थन निल्नु न ओकाल्नु जस्तै बनेको छ । तर, राप्रपाका नेताहरु भने आफ्ना मागहरु सम्बोधन भएपछि सरकारमा मन्त्री पठाउन कुनै समय नलाग्ने दावी गर्छन् ।

संघीयता विरोधी बनेर जनताको मन जितेको राप्रपा सत्ताको बार्गेनिङमा लागेको छ । यसअघि प्रदेश खारेजीको माग गरिरहेको राप्रपा अहिले त प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा समेत दावी गरिरहेको छ । त्यसका अलवा विचार र सिद्धान्त विपरित पार्टीसँग गरिएको गठबन्धनले आगामी दिनमा पार्टीको भविष्य संकटमा पर्ने देखिएको छ । जसलाई विषयान्तर गर्न राप्रपाले सरकारसँग पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय दिनको घोषणा गरेमात्रै सरकारमा सहभागि हुने माग अघि सारेको छ । यता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी भने राप्रपालाई सरकारमा सहभागि गराउनु गणतन्त्रमाथि खतरा रहेको र त्यसको दोष केपी शर्मा ओली र प्रचण्डले लिनुपर्ने जिकिर गर्छन् ।

राप्रपाले राजासहितको प्रजातन्त्र र हिन्दुराज्यको मुद्धा छाडेर गणतन्त्र र संघीयतामा हात हालेपछि राजनीतिक भविष्य संकटग्रस्त देखिएको छ । यसअघि कमल थापाले एजेन्डा बेचेर खाएको आरोप लगाएका लिंङ्देन आफै सत्ता र स्वार्थमा लागेपछि राप्रपा समर्थकहरु विच्कीएका छन् । १४ सिटका साथ सरकारमा रहेको राप्रपा शक्ति बाँडफाँडको हिसावकिताव मिलेपछि पूर्ण रुपमा सरकारमा जाने मनसायमा छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *