अवैध सामानसहित ३ वटा मोटरसाइकललाई प्रहरीले बुझायो भन्सारमा

 ग्लोबल टिभि      बिहिबार, पुस २१, २०७९      0
global tv

पुस २१ – सर्लाही प्रहरीले सुर्ती, मदिरा लगायतका सामानसहित बरामद गरेको तीनवटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको छ। बुधबार प्रहरीले मलंगवा नगरपालिका ९ र १० स्थित नेपाल भारत सीमा क्षेत्रबाट मदिरा, सुर्ती, सुजी, सखरसहित तीनवटा मोटरसाइकल बरामद गरेको थियो।

भारतबाट अवैध ढंगल सामान लिएर आइरहेका मोटरसाइकल र त्यसका दुईजना चालकलाईसमेत नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ।

मलंगवा १० स्थित नेपाल भारत सीमा क्षेत्रबाट दुईवटा भारतीय र मलंगवा ९ स्थित सीमा नाकाबाट बा ९३ प ८३९८ नम्बरको मोटरसाइकल बरामद गरिएको हो।

मोटरसाइकल बाहेक बरामद सामानको भन्सार मूल्य साढे तीन लाख रुपैयाँ कायम गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *