कुशे औंसीमा बुबाको मुख किन हेर्ने ?

 ग्लोबल टिभि      शनिबार, भदौ ११, २०७९      0

सुनिता– आज कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन, हिन्दू धर्मावलम्बीहरूले पवित्र वनस्पति कुशलाई घरघरमा भित्र्याउँदै र बुवाको मुख हेर्ने दिनलाई बिशेष दिनको रुपमा लिइन्छ । आजको दिनमा विशेषगरी काठमाडौ गोकर्णेश्वर, लगाएत देशभरका मन्दीरहरुमा पितृको सम्झनामा श्राद्घ गर्ने र दर्शन गर्नेहरुको घुँइचो लाग्ने गर्दछ ।

प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन घरघरमा कुश भित्र्याउनुका साथ बुवालाई विभिन्न परिकार खुवाएर कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन मनाउने गरिन्छ । धार्मिक मान्यता अनुसार कुशे आँैसीका दिन छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान आदर भावका साथ मुख हेर्ने चलन छ । भने बुवा नहुनेहरुले बिभिन्न तिर्थस्थलहरुमा पुगेर बाबुका नाममा तर्पण र श्राद्घ गरी सिधा दानसमेत गर्ने गर्दछन् ।

विशेषगरी कुशे औँशिको दिन कुशको पुजाआरधना गरी भित्रयाईने दिन भएकोले वर्षभरिका १२ औंसी मध्ये आजको औंसीलाई कुशे औंसी भन्ने गरिन्छ । त्यस्तै आजको दिन बुवा नहुनेहरुले पितृ तिर्थमा गई पितृको नाममा तर्पण, श्राद्घ गरेमा आफ्ना पितृहरुले भोग गर्न पाउने धार्मिक मान्यता मान्दै आएको श्रद्धालुहरु बताउछन् ।

आजको दिनमा जीवित बावुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्घ र सिधा दान गरेर खुसि पारेमा सुखि पारेमा सुख मिल्ने धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *