रोनाल्डोले भालेकानोविरुद्ध खेल्ने

 ग्लोबल टिभि      शनिबार, साउन १४, २०७९      0

साउन १४-म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रायो भालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।

रोनाल्डोले सामाजिक संजालबाट भालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने बताएका छन् । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेल आइतबार ओल्ड ट्राफोर्डमा हुनेछ ।

रोनाल्डोले शनिबार हुने एट्लेटिको मड्रिडविरुद्धको मैत्रीपूर्ण भने खेल्ने छैनन् । रोनाल्डो पछिल्लो समय क्लब छाड्ने योजनामा रहेका छन् ।

रोनाल्डो टिमको प्रि-सिजन टुरमा समेत गएका थिएनन् । उनी केहि दिन अघि मात्र युनाईटेड फर्किएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *