विवेकशील साझा पार्टीले राष्ट्रिय एकता यात्रा गर्ने

 ग्लोबल टिभि      बुधबार, पुस ७, २०७८      0

विवेकशील साझा पार्टीले पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा महाकाली-मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको छ ।
सो पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । यात्रा पुष २७ गते कञ्चनपुरबाट सुरु भई माघ १६ गते झापा पुगेर अन्त्य हुने विवेकशील साझा पार्टीद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।
विचारभन्दा माथि देश  नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्‍याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुने विज्ञप्तिमा भनिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *