‘अर्ली इलेक्सन’को चाहना पूरा हुँदैन-माधव नेपाल

 ग्लोबल टिभि      सोमवार, मंसिर २०, २०७८      0

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘अर्ली इलेक्सन’को सम्भावना नरहेको बताएका छन्। सोमबार विराटनगरस्थित विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा नेपालले यस्तो बताएका हुन्।

‘अर्ली इलेक्सन’को सम्भावना नरहेको बताउँदै उनले भने ,‘यो कसैकसैको चाहना होला, आजै चुनाव हुन्छ र आजै पार लगाउला भन्ने कसैकसैले सपना देखिरहेका होलान् यो सपना विपना हुनेवाला छैन’ ‘सबैतिर गुम्दै गएको हुँदा पीडा बोलेको हो, यथार्थ बोलेको होइन’ उनले थपे।अध्यक्ष नेपालले देशमा गठबन्धनको संस्कार बस्ने बताउँदै गठबन्धनकै सरकार बन्ने अवस्था रहेको समेत दाबी गरे।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *